‘हृदय भरी’ मा पलको हिरोइन श्रद्धा र रेखा



लामो समयको चर्चापछि अभिनेता पल शाहको प्रमुख भूमिका रहने चलचित्र ‘हृदय भरी’ को औपचारिक निर्माण घोषणा गरिएको छ । केही हप्ता अगाडि मुहूर्त गरिएको फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच कास्ट एण्ड क्रियू सार्वजनिक गरियो ।

सुरज सुब्बा ‘नाल्बो’ को निर्देशन रहने चलचित्रमा पलले पहिलो पटक फ्रेस अनुहारसँग स्क्रिन साझेदारी गर्दैछन् । यो चलचित्रबाट श्रद्धा क्षेत्रीले डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धाले त्यहाँ मोडलिङ क्षेत्रमा राम्रो नाम कमाएकी छन् । पलको अपोजिटमा अभिनेत्री रेखा लिम्बु पनि देखिनेछिन् ।


चलचित्र ‘शत्रु गते’ रिलिजको करीब ७ महिनापछि पलले ‘वीरविक्रम २’ भन्दा अगाडि साइन गरेको चलचित्र हो यो । टिम र स्क्रिप्ट मन परेका कारण ‘हृदय भरी’ गर्न तयार भएको उनले बताए । यो चलचित्रले उनले २० लाख पारिश्रमिक बुझेका छन् । चलचित्रमा सलोन बस्नेतको पनि प्रमुख भूमिका रहनेछ ।

नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, मनोज केसी, कविता रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहने चलचित्रलाई निकेश लिम्बु, चन्दन शाह तथा दीपेन्द्र राईले निर्माण गर्दैछन् । चलचित्रको कथाले युवापुस्ताको प्रेम झल्काउने लेखक तथा निर्देशक सुरजले बताए ।


नव-अभिनेत्री श्रद्धाले सानैदेखि चलचित्रमा अभिनय गर्ने इच्छा ‘हृदय भरी’ बाट पूरा हुन लागेकोमा खुसी व्यक्त गरिन् । ‘चलचित्रमा आउने इच्छा भएकै कारण मोडलिङमा आएँ र राम्रो टिम पाएकोले नेपाली चलचित्रमा डेब्यु गर्दैछु’ श्रद्धा भन्छिन्, ‘मलाई दर्शकले स्वीकार गर्नुहुन्छ भन्नेमा आशावादी छु ।’


चलचित्रमा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, केदार भुषालको लेखन, बिपिन मल्लको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu