‘सयकडा दश’ को ‘पिरतीको गाउँ’ गीत रिलिज (भिडियो)



माघ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘सयकडा दश’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । गायक स्वप्न सुमन र गायिका त्रिशला गुरुङको स्वरमा रहेको ‘पिरतीको गाउँ’ बोलको गीतमा कल्याण सिंहको संगीत छ ।

रवि मल्लले गीतको शब्द लेखेका छन् । दीलिप ओखेडाको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका चार लिड कलाकार सोनिया राई, अमृत ढुंगाना, करुणा श्रेष्ठ र उत्सव न्यौपाने फिचर्ड छन् । गीतमा दुई जोडीलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्ने बताइएको यो चलचित्रबाट हायकलाकार मनोज गजुरेलले काँचको पर्दामा डेब्यु गरेका छन् । रामशरण पाठक निर्देशित चलचित्रमा राजाराम पौडेल, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको पनि अभिनय छ ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् । चलचित्रका रामेश्वर कार्की छायांकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu