‘रे’ मा दिवस र सुजताको जोडी, पिता बने सुनिल



चलचित्र ‘रे’ को अब अन्तिम चरणमा छायांकन भइरहेको छ । केही दिनदेखि नेपाली चलचित्र अत्याधिक छायांकन हुने रमणीय स्थल चोभारमा चलचित्रको एक एक्सन सिनको छायांकन भइरहेको निर्देशक दिनेश पौडेलले जानकारी दिए ।

छायांकन भइरहेको एक्सन सिनमा निर्माण टिमले महँगो खर्चमा हेलिकप्टर समेत उडाएको छ । यस चलचित्रमा सुनिल थापा, दिवस धिताल, सुजता थापा, क्रान्ति बराइली लिड रोलमा छन् । अबको केही दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिने निर्माता राजेन्द्र त्रिपाठीले बताए ।

सवा करोडमा चलचित्रको निर्माण सम्पन्न हुने उनको आँकलन छ । आउँदो तीजमा चलचित्र रिलिज हुनेछ । यस चलचित्रमा दोय कुमार श्रेष्ठ र शंकर महर्जनको द्वन्द्व निर्देशन छ । सगुन फिल्म्सको तल यो चलचित्र बनेको हो ।

अभि जोशी, रक्षा गुरागाइँ, पुर्णिमा लामालगायतका कलाकारहरुको पनि अभिनय रहेको यस फिल्ममा अतिथि भूमिकामा किशोर खतिवडा छन् । काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि फिल्मको कथा घुम्ने निर्देशक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu