एक्लै आयो ‘गरुड पुराण’



सुवास कोइराला निर्देशित चलचित्र ‘गरुड पुराण’ शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । पछिल्लो समय नेपाली चलचित्रले सोलो रिलिज पाउन मुश्किल भइरहेको अवस्थामा यो चलचित्रसँग भिड्न भने हलमा यस हप्ता कुनै चलचित्र छैनन् ।

यस चलचित्रले ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाइलो कथा उठाएको छ । यस चलचित्रमा अभिनेता नाजिर हुसेन ब्यान्ड मास्टरको भूमिकामा छन् ।


यस्तै, कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टसहितको यसमा मुख्य भूमिका छ । यही चलचित्रबाट प्रियंका सिंहले नवोदित नायिकाको रुपमा डेब्यु गरेकी छिन् ।

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । यसको संवाद आकाशले लेखेका हुन् । ‘गरुड पुराण’ लाई सुसन प्रजापतीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu