यस्तो बन्यो आशिर र शिल्पाको ‘दि ब्रेकअप’ ट्रेलर (भिडियो)



निर्देशक हेमराज विसी निर्देशित नयाँ चलचित्र ‘दि ब्रेकअप’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले कलरफुल ट्रेलर सार्वजनिक गर्‍यो ।

ट्रेलरमा चलचित्रका लिड कलाकार द्वय आशिरमान देशराज जोशी र शिल्पा मास्केबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । अध्ययनका लागि अष्ट्रेलिया पुगेका यी दुई कसरी एकअर्कासँग नजिक हुन्छन् र के कारणले टाढिन्छन् भन्ने चलचित्रको मुल कथा रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिएको छ । प्रेम जीवनमा आउने उचारचढावको कथामा चलचित्र आधारित रहेको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक विसीले बताए । ट्रेलरमा आशिर र शिल्पाबीचको ‘लिपलक’ सिन पनि पर्याप्य समावेश गरिएको छ । चलचित्र फागुन १७ मा आउँदैछ ।

चलचित्रको ६० प्रतिशत छायांकन अष्ट्रेलिया र ४० प्रतिशत पोखरामा भएको हो । आशिरमानले यसअघि ‘ग्याङस्टार ब्लूज’ मा हेमराजसँग काम गरेका थिए । तर, चलचित्रले बक्सअफिसमा कमाल गरेन । उनी दोस्रो सहकायले भने निराश नबनाउनेमा विश्वस्त देखिन्छन् ।

‘दि ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । निर्देशक बिसीकै कथा रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

चलचित्रमा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा शैलेन्द्र श्रेष्ठको ब्याकग्राउण्ड स्कोर छ । चलचित्रका गीतमा प्रकाश मल्लको शब्द छ भने विशेष पाण्डे र विराज गौतमले स्वर भरेका छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu