सुवेक्षाले प्रस्ट्याइन् ‘रणवीर’ बाट डेब्यु गर्नुको कारण



माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको गोविन्द सिंह भण्डारी निर्देशित चलचित्र ‘रणवीर’ ले यतिबेला आफ्नो प्रचार-प्रसारलाई चुस्त बनाइरहेको छ । अहिले चलचित्रका कलाकार र निर्माता मोफसल टुरमा छन् । निर्देशक भण्डारी भने चलचित्रको काम अझै नसकिएका कारण हिँड्न सकेका छैनन् ।

मंगलवार निर्माताद्वय गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मी, कलाकारहरु नरेश पौडेल, शुशील सिटौला, सुवेक्षा खड्का र सुपुष्पा भट्टले चितवनका पत्रकारसँग प्रत्यक्ष साक्षात्कार गरे । पत्रकारले ‘रणवीर’ बाटै डेब्यु गर्नुको कारण सुवेक्षाबाट जान्न खोजे । उनले डेब्यु गर्नुको कारण कथावस्तु रहेको बताइन् ।


‘यसमा मेरो रोल मात्र होइन, यो सब्जेक्ट नै राम्रो छ । पछिल्लो समय बनिरहेका चलचित्रको तुलनामा यो टेक्निकली मात्र नभइ कथावस्तुको हिसाबले पनि राम्रो छ’, उनले भनिन् । अभिनेता शुशीलले भने फेरि एकपटक चलचित्रमा आफ्नो चरित्रलाई न्याय गर्न १५ केजी तौल बढाएको बताए ।

अर्की नव-अभिनेत्री सुपुष्पा भट्टले नेपाली चलचित्रमा आफूलाई दर्शकले मिठो स्वागत गर्नेमा विश्वस्त रहेको बताइन् । ‘रणवीर’ मा अडियन दिएर सेलेक्ट भएको बताउँदै उनले भनिन्, ‘चलचित्रमा मेरो क्यारेक्टरले केही न केही छाप पक्कै छाड्ने छ ।’ निर्माता द्वय गोमा र दीपेन्द्रले कथा राम्रो लागेर चलचित्रमा लगानी गर्न तयार भएको बताए ।

साउथ इन्डियन फिल्ममा समेत काम गरिसकेका निर्देशक भण्डारीद्वारा लिखित कथामा आधारित भएर निर्माण भएको चलचित्रमा टिका पहाडी, प्रशान्त ताम्रकार, रवि गिरी, शैलेश्वरी सिंह,लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu