‘शुभ लभ’ को शिर्ष गीत रिलिज, कृष्टिनलाई फकाउँदै हरिहर



चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शुभ लभ’ को शिर्ष गीत सार्वजनिक भएको छ । पोखरामा खिचिएको गीतमा हरिहर आफ्नी प्रेमिका (कृष्टिन पौडेल) लाई फकाउँदै देखिएका छन् । गीतमा निशान भट्टराई र मिना सिंहको स्वर छ ।

चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । निकै झकिझकाउ देखाइएको गीतमा हरिहर र कृष्टिनको केमेस्ट्री सुहाएको देखिन्छ । यस गीतले चलचित्रको हाइप निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा निर्माण टिमको छ ।

रियल लाइफझैं हरिहर फिल्ममा पनि ज्योतिषकै भूमिकामा छन् । तर, आफ्नो रियल लाइफमा आधारित भएर फिल्म नबनेको उनले बुधबार राजधानीमा आयोजना गरिएको गीत रिलिज कार्यक्रममा बताए । उनी अब दर्शकले आफूलाई हिरोको रुपमा पनि स्वीकार गर्नेमा विश्वस्त छन् ।

चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । अभिमन्यु निरवीको पटकथा तथा संवाद छ ।

हरिहर आफैंले लेखेको कथामा आधारित उक्त चलचित्रमा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । निर्माता उदय चलचित्रमा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

निर्देशक लोहनीले कथामा फिट हुने भएरै हरिहरलाई लिड रोलमा लिएको बताए । उनले भने, ‘चलचित्रमा पनि उहाँ ज्योतिषकै भूमिकामा हुनुहुन्छ । उक्त रोल उहाँ बाहेक अरुलाई फिट नै हुँदैन थियो ।’ यसमा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu