कलाकारहरुको हक–हितका लागि ‘प्रसाद’ को च्यारिटी



यस वर्षको हिट चलचित्रको लिस्टमा आफ्नो नाम लेखाउन सफल चलचित्र ‘प्रसाद’ को नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ च्यारिटी सो भएको छ । निःसन्तान दाम्पतीको जीवनमा आउने उचारचढाव समेटिएको चलचित्रको बिहीवार च्यारिटी गरिएको हो ।


काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा भएको च्यारिटीमा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । संघकी कोषाध्यक्ष विमला केसीको संयोजकत्वमा भएको च्यारिटीबाट संकलित रकम संघको कोषमा नै राखिने र कलाकारहरुको हक–हितका लागि खर्चिने बताइएको छ ।


चलचित्रका निर्देशक दिनेश राउत , लेखक शुशील पौडेल र निर्माता सुवास थापा पनि च्यारिटी सोमा उपस्थित थिए । चलचित्र हेरेपछि अधिकांशले निर्देशकको निर्देशकीय पक्ष, कथावस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । निर्देशक राउतले कलाकारबाट पाएको प्रतिक्रियाबाट अत्यन्त खुसी भएको बताए ।


रेजिना उप्रेती, शिव श्रेष्ठ, कृष्ण मल्ल, पवित्रा आचार्य, खुश्बु खड्का, सुनिल कटुवाल, चेत बहादुर सिंह, गजित विस्ट, बसुन्धारा भुषाललगायतका कलाकारहरु चलचित्रको च्यारिटीमा उपस्थित भएका थिए । ‘प्रसाद’ मा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत लिड रोलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu