‘सरौतो’ मा सुमी र सन्नीको जोडी



एक्सन-लभस्टोरी जनरामा चलचित्र ‘सरौतो’ निर्माण हुने भएको छ । केन्द्रिय भूमिकामा मोडलबाट अभिनेत्रीमा छलाङ्ग लगाएकी सुमी मोक्तान हुनेछिन् । १ दशकदेखि छायाँकारको रुपमा सक्रिय हरी हुमागाईंले निर्देशन गर्ने यस चलचित्रमा उनी एक्सन लेडीको रुपमा प्रस्तुत हुँदैछन् ।

आइतबार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रमा सुमीसँग ‘डायरी’ फेम्ड अभिनेता सन्नी सिंहले रोमान्स गर्नेछन् । माघ २२ गतेबाट छायांकन सुरु हुने चलचित्रमा विजय लामा, युवराज लामा, अमिर गौतम, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्रको घोषणा सभामा निर्देशक हरीले छायाँकारको रुपमा संगालेको अनुभवलाई निर्देशनमा प्रयोग गर्ने बताए । २० भन्दा बढी चलचित्र खिचिसकेका उनले फिल्म निर्देशनमा आफ्नो पहिलो प्रयास भए पनि उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।


अभिनेत्री सुमीले चलचित्रका लागि २ वर्षदेखि एक्सन ट्रेनिङ लिएको बताइन् । उनले भनिन्, ‘चलचित्रमा मेरो भूमिका एकदमै चुनौतीपूर्ण छ । यद्यपि, चलचित्रको चरित्रलाई न्याय गर्ने इमान्दार प्रयत्न गर्नेछु ।’ अभिनेता सन्नीले पनि भूमिका राम्रो भएकाले चलचित्र छाड्न नसकेको बताए ।

उत्तम हुमागाईंको छायांकन रहने चलचित्र राघव कृष्ण गौतमको कथामा निर्माण हुन लागेकोे हो । चलचित्रलाई श्री महर्जनले निर्माण गर्नेछन् । राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोशिश क्षेत्रीको संगीत रहने चलचित्र काठमाडौं र बारामा खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu