बाबु बन्दै आर्यन



एक समयका सर्वाधिक डिमान्डेड अभिनेता आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएको चार वर्षपछि पिता बन्ने भएका छन् । स्रोतका अनुसार, आर्यन पत्नी सपना भण्डारी ७ महिनाको गर्भवती छिन् । आर्यन र सपनाको वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो ।

विवाह अगाडि उनीहरु करीब ४ वर्ष प्रेम सम्बन्धमा थिए । सपना, आर्यनको ‘डाइहार्ट’ फ्यान थिइन् । आर्यनभन्दा सपना ७ वर्ष कान्छी हुन् । विकासराज आचार्यको नयाँ चलचित्र ‘हजार जुनीसम्म’ को छायांकनका लागि हाल सिक्किममा रहेका आर्यन केही दिनमा काठमाडौं फिर्दैछन् ।

यसपछि उनले साम्तेन भुटियाकोे एक कमेडी चलचित्र गर्ने पक्का भइसकेको छ । यो चलचित्र गर्नुभन्दा अगाडि उनी सपनासँग केही समय बेथित गर्ने तयारीमा छन् । माता-पिता बन्न लागेको कुरा स्वयं आर्यन र सपनाले भने बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu