अनुप, बर्षा र मालाको ‘पुरानो बुलेट’ पोस्टर सार्वजनिक



चैत्र १ बाट प्रदर्शनमा आउने चलचित्र ‘पुरानो बुलेट’ ले पोस्टर सार्वजनिक गर्दै अफिसियल प्रचार सुरु गरेको छ । लामो समयको पत्रकारितापछि ‘एक्सन कट’मा होमिएका भिषण राईको डेब्यू निर्देशनमा तयार भएको चलचित्रको मंगलबार तीन पोस्टर रिलिज गरिएको छ ।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन् । पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल अनि जिन्स ज्याकेटमा देखिएका छन् । एक पोस्टरमा बुलेटमा अनुप फिचर छन् ।

अर्कोतर्फ बर्षालाई गाउँले भेषमा प्रस्तुत गरिँदा माला केहि बोल्ड देखिन्छिन् । सार्वजनिक पोस्टरबाट चलचित्र भित्र अनुप र बर्षा गाउँले तथा माला शहरिया युवतीको भुमिकामा रहेको भान हुन्छ । ‘पुरानो बुलेट’को यहि फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ ।

चलचित्रमा अनुप बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा समावेश छ ।

चलचित्रको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । चलचित्र ‘पुरानो बुलेट’मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।

चलचित्र ‘पुरानो बुलेट’ मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ भने छायाँकन हरि घले लामाको छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ । फेमिली ड्रामा बोल्ने चलचित्रले पुर्बी नेपालको टिपिकल कथा पेश गर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu