‘रणवीर’ गीतमा सुपुष्पालाई पछ्याउँदै शुशील (भिडियो)



शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘रणवीर’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘ढुकुरान्चडी’ गीतमा चलचित्रका लिड अभिनेता शुशील सिटौला र अभिनेत्री सुपुष्पा भट्ट फिचर छन् । शुशील, सुपुष्पालाई देखेपछि एकोहोरो प्रेम गर्न थाल्छन्, यही प्रशंगमा गीत बुनिएको छ ।


‘ढुकुरान्चडी’ गीत धनगढीको प्रख्यात देउडा गीत हो, जसका सर्जक नरेन्द्रराज रेग्मीले हुन् । प्रताप दास, चक्र बम र शतिसको स्वर रहेको गीतलाई अमित श्रेष्ठले कम्पोज गरेका हुन् । यसमा अमित र हर्क साउदको शब्द रचना रहेको छ । गीतलाई धनगढीको रमणीय दृश्यमा छायांकन गरिएको छ ।

सुखद व्यापार गरिरहेको चलचित्र ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ । यो चलचित्रमा सुवेक्षा खड्का, प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय छ ।

यसमा कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । यस चलचित्रको मेकिङको अहिले सर्वत्र चर्चा भइरहेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu