बोर्डको अध्यक्ष पदबाट निकिताले दिइन् राजीनामा



चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन् । उनले बुधबारदेखि लागु हुनेगरी सूचना तथा सञ्चारमन्त्रीलाई राजीनामा दिएको विज्ञप्ति मार्फत सार्वजनिक गरेकी छन् । उनले अब नीजि जीवनमा व्यस्त हुनु पर्ने भएकाले राजीनामा दिएको विज्ञप्तिमार्फत् जानकारी गराएकी छन् ।

आफ्नो तीन महिनाको तलब उनका श्रीमान् रवी लामिछानेको संयोजकत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई दिएको समेत विज्ञप्तिमा भनेकी छन् । उनले आफ्नो १४ महिने कार्यकालमा पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउने प्रयास गरेकोमा खुसी व्यक्त गरेकी छन् ।


नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरुवात गर्ने अवसर आफूलाई प्राप्त हुनु र बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु आफ्नो लागि विशेष अवसर रहेको उनले विज्ञप्तीमा भनेकी छन् । उनी २०७४ मङ्सिर २५ गते खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा नियुक्ति भएकी थिइन् ।

दुई दिन अगाडि मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले उनीसँग स्पष्टिकरण सोधेको थियो । उनले आफ्नो स्पष्टिकरणमा राजीनामा उपहार पठाएकी छन् । निकिता गोपीकृष्ण मुभिजका मालिक उद्धव पौडेलकी छोरी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu