अख्तियारका प्रमुख आयुक्तले भने, ‘‘सयकडा दश’ हरेक नेपालीले हेर्नुपर्ने चलचित्र’’



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चलचित्र ‘सयकडा दश’ लाई अख्तियारको उद्देश्यलाई बोकेको चलचित्र भनेका छन् । आयुक्तले हिजो ललितपुरको पुलचोक स्थित क्युएफएक्स हलमा दर्शक माझ बसेर चलचित्र हेरेपछि ‘अख्तिायारको उद्देश्यलाई बोकेको चलचित्र’ भनेका हुन् ।

‘चलचित्र सन्देश मुलक छ । म आशा विश्वास र अपेक्ष पनि के गर्छु भने यो चलचित्र हरेक नेपालीले हेर्नुपर्ने चलचित्र बनेको छ’, उनले अगाडि भने ‘अख्तियारको मुल मर्मलाई नै बोकेर चलचित्र बनेको लाग्यो मलाई । भ्रष्टाचारका विषयमा मैले बारम्बार भन्ने गरेको कुरा मौन रहनु पनि छन् ठूलो भ्रष्टाचार हो । त्यो मौनतालाई चिर्ने काम यो चलचित्रले गरेको छ ।’

चलचित्रलाई अख्तियार प्रमुख आयक्तसहित आयुक्त डा. सावित्री गुरुङ, विदुषी सपना मातालगायत बिभिन्न व्यक्तित्वहरुले हरेका थिए । आयुक्त डा. सावित्री गुरुङले हसाउदै रमाइलो गराउदै महत्वपूर्ण संदेश दिएकोले निर्माण पक्ष र कलाकारलाई धन्यबाद दिइन् । साथसाथै यो चलचित्र कुनै बर्ग बिशेषको लागि मात्र नभएर आम नेपालीले हेर्नु पर्नेमा जोड दिइन् ।

शुक्रबार रिलिज भएको रामशरण पाठक निर्दे्शित चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको अभिनय रहेको छ । रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् ।

चलचित्रका रामेश्वर कार्की छायांकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu