हङकङमा ‘एभेरेष्ट फिल्म अवार्ड’ हुँदै



सन् २०१९ को जुनमा हङकङमा ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको बारेमा जानकारी गराइयो ।

एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले २० विधामा पपुलर अवार्ड प्रदान गरिने आयोजक मध्येका एक लोकराज लिम्बुले जानकारी दिए । अवार्ड समारोहमा एक फिल्मकर्मीलाई लाइफ टाइम अचिभमेन्टद्वारा सम्मान पनि गरिनेछ ।

३ हजार ५ सय दर्शक क्षमता रहेको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’ मा उक्त अवार्ड आयोजना हुनेछ । आउँदो मार्चमा नोमिनेशन सर्वाजनिक गर्दै अवार्ड हुने डेट पनि सार्वजनिक गरिनेछ ।

नेपालमा संगीक्षा फिल्म्स प्रा.लिको तर्फबाट अध्यक्ष मनोज केसीले अवार्ड कार्यक्रमको संयोजन गर्नेछन् । नेपालबाट ६० जना बढी कलाकार, प्राविधिक, पत्रकारको टोलीको सहभागीता रहने अवार्डमा आउने(जाने र बस्ने खर्च अवार्ड आयोजकले नै बेहोर्ने मनोज केसीले बताए । फर्म समेत निशुल्क रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu