‘जानी नजानी’ को ‘एउटीलाई मुटुमा घर‘ गीतको कभर भिडियो घोषणा



चैत्र १ बाट रिलिज हुने चलचित्र ‘जानी नजानी’ को सार्वजनिक पहिलो गीत ‘एउटीलाई मुटुमा घर‘’ कभर भिडियो प्रतिस्पर्धा घोषणा गरिएको छ । बिहिबार काठमाडौंको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट कार्यक्रममा आयोजना गर्दै कभर भिडियो प्रतिस्पर्धा घोषणा गरिएको हो ।

अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन पोखरेल र दुर्गा खरेलको छ । गीतको भिडियोमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा मनिष र सुमीसँगै डेब्यू नायिका निरिशा बस्नेतलाई पनि देख्न सकिन्छ । यो गीतको कभर भिडियो कम्तीमा एक मिनेटको हुनु पर्नेछ ।


चार मिनेटसम्मको भए पनि फरक नपर्ने यसकी निर्मात्री रोशनी केसीले बताइन् । उत्कृष्ट कभर भिडियो विजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाइभ प्वाइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुक क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्ष निःशुल्क गर्न पाउने छन् ।

निर्देशक बसन्त अधिकारीले भने, ‘भिडियो यही २० फागुनभित्र [email protected] मा पठाइसक्नु पर्नेछ ।’ यस प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई ‘डिआईडी सिजन २’ का उत्कृष्ट १० मा पर्न सफर नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वास आफूले गरेको उनले बताए ।


अभिनेता मनिषले पनि यो प्रतियोगिताले धेरैलाई आफूहरुसँग जोडिन सघाउने बताए । चलचित्रमा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।

चलचित्रमा छायांकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । चलचित्रमा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । चलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu