‘समर लभ’ ले उठाउला सोलो रिलिजको अवसर ?



यस हप्ताका लागि शुक्रवारबाट सुबिन भट्टराईद्वारा लिखित चलचित्र पुस्तक ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको चलचित्र ‘समर लभ’ प्रदर्शनमा आएको छ । यस चलचित्रले एकल प्रदर्र्शनको अवसर पाएको छ । नाईं नभन्नू ल ३ फेम निर्देशक मुस्कान ढकालले चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रमा पुस्तकका दुई प्रमुख पात्र अतितको भूमिकामा आशिष पिया छन् भने सायाको भूमिका रेवती क्षेत्रीले निभाएकी छन् । सुस्मिताको भूमिका अभिनेत्री नम्रता सापकोटाले निर्वाहा गरेकी छन् । किरणको भूमिकामा शिशिर भण्डारी छन् भने लेखकको भूमिका अभिनेता सुरजसिंह ठकुरीले निभाएका छन् ।

सुबिनको कथामा सामीप्यराज तिमल्सेनाको पटकथा तथा सामिप्य र सुबिनकै संवाद छ । चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता तथा विनोद अधिकारी कार्यकारी निर्माता छन् । स्वपन सरकार र मनोज विक सह–निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu