’यात्रा’ बाट आशावादी सलिनमान



चैत २९ गते अभिनेता सलिनमान बनियाँ स्टारर चलचित्र ’यात्रा स् अ म्युजिकल भ्लग’ रिलिज हुदैछ । यात्राको क्रममा आउने आरोह अवरोहलाई यसमा देखाइएको छ । डेब्यु ’ए मेरो हजुर २’ मार्फत नै आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका सलिन यस चलचित्रमार्फत निकै आशावादी छन् ।

भ्ल्गिस्टको भूमिकालाई उनले सक्दो न्याय गरेको बताउँछन् । ’मैले चाहेकै किसिमको भूमिकालाई यसमा निर्वाह गरेको छु’ सलिनले भने, ’चलचित्रले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन त गर्छन नै दर्शकलाई पनि लोकेशनले आँखामा शितलता दिन्छ ।’ अर्को साता चलचित्रको टाइटल गीत रिलिज हुँदैछ । चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका छन् ।

’चलचित्रको कथावस्तु यात्रामा केन्द्रित छ तर यसले पूर्ण रुपमा मनोरञ्जन दिन्छ’ निर्देशक शाक्य भन्छन, ’चलचित्रमा चाहिने सम्पूर्ण तत्व यात्रामा छ ।’ चलचित्रमा यात्राको क्रम आउने परिस्थिति, माया र मित्रतालाई देखाइने उनले बताए । यसमा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्यलगायतको अभिनय छ ।

यस चलचित्रबाट मल्लिका महतले डेब्यू गर्दैछिन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

चलचित्रमा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । यसलाई संजय लामाले खिचेका हुन् । चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द रबनिश शाहको सम्पादन छ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu