‘रुमालै छ चिनो’ को ‘आमा नबस्नु पर्खेर’ गीत सार्वजनिक (भिडियो)



फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश सिंह ठकुरी निर्देशित चलचित्र ‘रुमालै छ चिनो’ को मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । ‘आमा नबस्नु पर्खेर’ बोलको गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाको शब्द छन् । गीतमा सुशान्त कार्की, किशोर खतिवडा, संचिता लुईंटेललगायत फिचर्ड छन् ।

भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा चलचित्र आधारित छ । काठ क्षेत्रका चर्चित गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर यो चलचित्र निर्माण भएको हो । सुशान्त र नायिका अप्सना थापा चलचित्रमा लिड रोलमा छन् ।

चलचित्र ज्योती फिल्मस्को ब्यानरमा बनेको हो । चलचित्रमा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी छ । बिनोद सापकोटाले छायांकन रहेको यस चलचित्रमा रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डितलगायतको अभिनय छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu