हेर्नुहोस् अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ टिजर (भिडियो)



एक समयकी सर्वाधिक डिमान्डेड र व्यस्त अभिनेत्री झरना थापा निर्देशित दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भएको छ । बसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले फिल्मको ट्रेलर लञ्च गरेको हो । टिजर कलरफुल बनेको छ ।

सुपरस्टार अनमोल केसी र डेब्यू गर्ल सुहाना थापाको प्रेम कथा वाचन गर्ने चलचित्रको सार्वजनिक टिजरमा दुईको प्रेमलाई सुन्दर ढंगबाट पस्किएको छ । चलचित्र सांगीतिक प्रेम कथामा आधारित रहेको बताइएको छ । चैत २९ मा यो चलचित्र प्रदर्शनमा आउँदैछ ।

चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu