कृष्णको ‘सिरुपाते खुकुरी’ सार्वजनिक (भिडियो)



गायक, रचनाकार तथा रेडियोकर्मी कृष्ण समिप सुवेदीले नयाँ गीत ‘सिरुपाते खुकुरी’ सार्वजनिक गरेका छन् । सुवेदीकै लय तथा शब्द सिर्जना रहेको गीतमा सिरुपाते खुकुरी प्रेमी–प्रमिका मायाको उपहारका रुपमा आदनप्रदान गर्न प्रेरित गरिएको छ ।

गीतमा सुवेदीलाई आवाजमा एनके खत्री र मनिषा पोख्रेलले साथ दिएका छन् । गीतको म्युजिक भिडियोको निर्देशन दिपेन्द्र तिमिल्सीनाले गरेका छन् भने दिपेन्द्र,एनके खत्री र रेनु लामाको अभिनय रहेको छ । गीतमा पश्चिमेली र पूर्वेली लोकभाकाको संयोजन सुन्न र देख्न पाइन्छ ।

पश्चिमेली लयमा पूर्वको चण्डी धुनलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । गीतमा नालापानी देखि कालापानीसम्म र टिस्टा देखि काँगडा सम्म लडेका वीर नेपालीले प्रयोग गरेको सिरुपाते खुकुरीको चर्चा गरिएको छ ।

सुवेदीको केही समयअघि मात्रै नायक दिलिप रायमाझीको अभिनय सहित तरकारी काउली बोलको गीत सार्वजनिक भएको थियो । कृष्णका ‘सिरसिर बतास’, ‘कोरिया जाने चक्करमा’, ‘सालको पात दोब्राएर पानी खाउँला’, ‘जोर बत्ती’, ‘सिमली छायां’, ‘मनको तीर्खा मेट्न’ आदी चल्तीका गीत हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu