नेपालगन्जमा अनमोललाई हेर्न २४ हजार दर्शक (फोटोसहित)



फागुन १७ गतेबाट रिलिज हुने चलचित्र ‘क्याप्टेन’ को मोफसल प्रचारका लागी अनमोल केसी नेपालगन्ज पुगेका छन् । नेपालगन्जमा आयोजीत प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ खजुराका दर्शकमाझ अनमोलसहित क्याप्टेन निर्माण टिम पुगेको थियो ।

अभिनेता केसीलाई नेपाल प्रहरी, सशत्र प्रहरी र रक्षक सेकुरेटी गार्ड कम्पनीका गार्डहरुको कडा सुरक्षा व्यवस्थाका साथ अनमोललाई मञ्चमा उकालिएको थियो । महोत्सवमा अभिनेता केसी आउने तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए ।

लामो प्रतिक्षा पश्चात अनमोललाई मञ्चमा पाएसँगै दर्शकले ताली, हुटिङले पुरै खजुराको माहोल तातेको थियो । महोत्सवको मञ्चमा अभिनेता केसी र दर्शकविच रिलिजको तयारीमा रहेको चलचित्र ‘क्याप्टेन’ का विषयमा सवाल जवाफ समेत भएको थियो । दर्शकले अनमोललाई ‘क्याप्टेन’ कहिले रिलिज हुन्छ ? भनेर सोधेका थिए ।

उनले चलचित्र फागुन १७ गतेबाट प्रदर्शन हुने बताए । फेरी अनमोलले दर्शकलाई ‘क्याप्टेन’ कहिले रिलिज हुन्छ रे ? भनेर दर्शकलाई सोधेर उनले हजारौँ दर्शकमाझ चलचित्रको प्रचार प्रसार गरे । योसँगै दर्शकमाझ उनले क्याप्टेनको हिट गीत ‘रहर छ सँगै’ बोलको गीतमा डान्सका केही स्टेप देखाएका थिए ।

महोत्सवमा उपस्थीत दर्शकले थोरै समय भएपनि अनमोललाई हेर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त महोत्सव समारोहमा सोमबार सदावहार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहको प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu