‘यात्रा’ को ‘पञ्च पन्छी’ गीत रिलिज (भिडियो)



चैत २९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ ट्राभल गीत रिलिज भएको छ । ट्राभल गीतमा काठमाडौंदेखि सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ । गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ ।

‘पञ्च पन्छी’ गीतमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ । डेब्यु चलचित्र ‘ए मेरो हजुर २’ मार्फत् नै आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका सलिन यस चलचित्र मार्फत् निकै आशावादी छन् । भ्लगरको भूमिकालाई उनले सक्दो न्याय गरेको बताउँछन् ।

जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोललगायतको चलचित्रमा अभिनय छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

‘यात्रा’ मा सलिनमान एक भ्लगरको भूमिकामा छन् । यस चलचित्रलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् । चलचित्रमा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको चलचित्रमा हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । कविराज गहतराजको पनि कोरियोग्राफी रहेको यसमा शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रले संगीत भरेका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu