कंगनाको तारिफ गर्दै अनुपमले भने, ‘महिलाहरुका लागि तिमी प्रेरणा हौँ’



बलिउडमा आफुलाई एक्लाउने प्रयास भएको आरोप लगाएकी कंगना रणावतको समर्थनमा अभिनेता अनुपम खेरले आफ्नो प्रतिक्रिया दिएका छन् ।

केही दिन अगाडि बलिउडका कलाकारहरुले आफ्नो कामको तारिफ नगरेको भन्दै उनले आक्रोश पोखेकी थिइन् ।

त्यसपछि उनको बारेमा आलिया भटले आफ्नो प्रतिक्रिया दिदै तारिफ गरेकी थिइन् । अब भने अनुपम खेरले पनि तारिफ गरेका छन् । उनले भनेका छन्, ‘कंगना तिमी एक होनहार कलाकार हौँ । महिलाहरुका लागि तिमी प्रेरणा हौँ ।’

पछिल्लो समय रिलिज भएको फिल्म मनिकर्निकाले बक्स अफिसमा दमदार कमाइ गर्न सफल भएको थियो । १०० करोड क्लबमा प्रवेश गरेको यस फिल्ममा कंगनाको प्रमुख भुमिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu