वर्षासँग संजोगले कसे लगनगाँठो



अन्ततः प्रेम जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाबीच बिहीवारबाट श्रीमान्-श्रीमतीको नाता गाँसिएको छ । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन मानिने ‘भ्यालेन्टाइन डे’ अर्थात् बिहीवार उनीहरुले अग्नीलाई साक्षी गरेर सँगै मर्ने सँगै बाँच्ने कसम खाएका छन् ।

अहिले ‘सन्सा’ जोडीको राजधानीको पाँचतारे होटल र्‍याडिसनमा दुवैतर्फका परिवारको उपस्थितिमा हिन्दू परम्परा अनुसार विवाह भइरहेको छ । दुईको विवाहको तश्बिर ‘फोटोपसल’ ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरेको छ ।


प्राप्त तश्बिरमा संजोग र वर्षा दुलहा-दुलहीको पहिरनमा निकै आकर्षक देखिएका छन् । तश्बिरमा दुबैलाई खुसी मुद्रामा देख्न सकिन्छ । बैबाहिक समारोहमा उनीहरुका केही निकट चलचित्रकर्मीहरुको पनि उपस्थित छ । शुक्रवार उनीहरुले रिसेप्सन पार्टी दिँदैछन् ।

७ वर्ष अगाडि वर्षा र संजोगको भेट चलचित्र ‘सरी ल’ को अडिसनको क्रममा भएको थियो । पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भए । उनीहरुले पहिलो पटक एकसाथ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा सँगै काम गरेका छन् । तर, यो चलचित्र प्रदर्शनमा आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu