प्रदीप र जसिता स्टारर ‘लभ स्टेशन’ को गीत रिलिज (भिडियो)



अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रमुख भूमिका रहेको चलचित्र ‘लभ स्टेशन’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रेम गर्नेहरुका लागि विशेष दिन ‘प्रणय दिवस’ को अवसर पारेर निर्माण टिमले ‘घाम जून चाहिँदैन’ बोलको गीत इन्टरनेट रिलिज गरेको हो ।

भियतनाममा छायांकन गरिएको गीतमा प्रदीप र जसिता फिचर छन् । दुईको केमेस्ट्री कमालको देखिएको छ । यो गीतमा गायक सुगम पोखरेल र गायिका रेश्मा पुन मगरको स्वर रहेको छ । जसमा दीपक शर्माको संगीत तथा दीपक शर्मा र उषा शेरचनको शब्द रचना छ । गीतको भिडियो मेकिङ उत्कृष्ट छ ।

चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेका चलचित्रलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । प्रदीप र जसिताका अलावा चलचित्रमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।

निर्देशक घिमिरेका अनुसार, ‘लभ स्टेशन’ सांगीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्रमा हो । यो चलचित्रलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu