फ्राइडे रिलिजमा ‘बुलबुल’



यस हप्ताको शुक्रवारका लागि अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘बुलबुल’ सार्वजनिक प्रदर्शनमा आएको छ । यो चलचित्रले एक टेम्पो ड्राईभर महिलाको जीवन संघर्ष वाचन गरेको छ । स्वस्तिमाले टेम्पो ड्राईभरको भूमिका निभाएकी छन् । मुकुन भुषालसँग उनको जोडी बाँधिएको छ ।

निर्देशक विनोद पोडेल चलचित्रमार्फत् स्वस्तिमाको अभिनयमा नयाँ अवतार देखिने दाबी गर्छन् । नायिका खडकाले पनि यस चलचित्र आफनो करियरकै कोशेढुंगा हुनेमा ठूलो आशा राखेको बताएकी छन् । अविरल थापाले चलचित्र निर्माण गरेका हुन् । ‘बुलबुल’ का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् ।

चलचित्रमा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।

यस चलचित्र लगभग सोलो जस्तै छ । केही सिंगल स्टेशनमा महादेव त्रिपाठीको ‘जोकर’ रिलिज भएको छ । अधिकांश सिंगल स्टेशन त ‘बुलबुल’ कै कब्जामा छ । अघिल्ला हप्ताका चलचित्रको दबाब पनि छैन । तर, निर्माताले सर्वाधिक शेयर हात पर्ने मल्टिप्लेक्सहरुमा भने यो चलचित्र हलिउड चलचित्र ‘एलिटा’ र बलिउड फिल्म ‘गल्ली ब्वाई’ को चेपुवामा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu