‘क्याप्टेन’ को गीतमा भुवन र अनमोलसँग निरुताको छमछमी (भिडियो)



यस वर्षको बहुप्रतिक्षीत चलचित्र मध्येको एक ‘क्याप्टेन’ को दोस्रो गीत सार्वजनक भएको छ । ‘रहर छ सँगै’ बोलको रोमान्टिक गीतले सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण टिमले शुक्रवार लोकलयको ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक गरेको हो ।


गीतको भिडियोमा ‘दक्षिणा’ जोडी भुवन केसी र निरुता सिंहले ठम्का लगाएका छन् । साथमा फिल्मका प्रमुख अभिनेता अनमोल केसी पनि कम्मर मर्र्काउँदै देखिएका छन् । भुवन र अनमोलसँग निरुताको जोडी गजब देखिएको छ । यसमा रेनशा वान्तवा राईको कोरियोग्राफी छ । गीतमा मेलिना राई र एसडी योगीको स्वर सुन्न सकिन्छ ।

एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीतका रचनाकार हर्क साउद र मनिष ढकाल हुन् । इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा चलचित्रमा यो गीत पर्दामा आउनेछ । यस गीतले चलचित्रको हाइप निर्माणमा थप मद्दत गर्ने निर्माण टिमको विश्वास छ ।

फागुन १७ मा रिलिज हुने ‘क्याप्टेन’ मा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि अभिनय छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा सुदिप बरालको छायांकन छ । चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu