दर्शकसँग मनायो ‘दि ब्रेकअप’ ले ‘प्रेम दिवस’



चलचित्र ‘दि ब्रेकअप’ यही फागुन १७ बाट प्रदर्शनको तयारीमा छ । प्रदर्शन मिति नजिकिँदा निर्माण टिम यतिबेला आक्रामक प्रचार प्रसारमा जुट्ने तयारीमा छ । यसबीचमा बिहिबार पारेको प्रेम दिवसको अबसरमा ‘ब्रेकअप’ ले टिम राजधानीका विभिन्न ठाउँमा पुग्दै दर्शक तथा शुभचिन्तकहरुसँग माया साट्यो ।

लिड अभिनेता आशिरमान देशराज जोशी रातो ज्याकेटमा प्रेमिल मुद्रामा फ्यानहरुमाझ पुगे । राजधानीको केन्द्र मानिने सुन्धारा स्थित सिभिल मल पुग्दा उनलाई पर्खेर बसेका फ्यानहरुले घेरे, सेल्फीमा रमाए । अभिनेत्री द्वय शिल्पा मास्के, इच्छा कार्की र अभिनेता रेमनदास श्रेष्ठसँगै पुगेका आशिरले त्यहाँ आयोजित भ्यालेन्टाइन विशेष कार्यक्रममा पनि उपस्थिती जनाए ।

निर्देशक हेमराज बिसी सहितको टिमले सिभिल मलमा आयोजित प्रेममय उल्लासमा फिल्मको बारेमा जानकारी गराउँदै साथ र मायाको अपेक्षा राख्यो । स्थानिय दर्शकले ‘जय ब्रेकअप’ को हुटिङ सहित सफलताको शुभकामना दिएका थिए ।

रुपक थापा, रेनु राणा, दीपक खतिवडाको निर्माणमा बनेको चलचित्रको ट्रेलरले लोकप्रियता बढाउँदैछ । पछिल्लो क्रममा युवापुस्ताले अत्याधिक प्रयोग गर्ने सामाजिक सञ्जाल टिकटकमा पनि यो फिल्मको ट्रेलरमा समावेश डायलगहरु हिट लिस्टमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu