यूएईमा ‘प्रसाद’ लाई ११ हलमा १३ सोज



गएको मंसिरमा प्रदर्शनमा आएको यस वर्षको हिट चलचित्र ‘प्रसाद’ ले यूएईमा प्रदर्शन सुरु गरेको छ । ‘प्रेम दिवस’ को अवसर पारेर बिहीवारबाट यूएईका ११ ओटा हलिउड/बलिउड फिल्म रिलिज हुने हलमा फिल्म प्रदर्शनमा आएको हो ।

यूएईमा बसोबास गर्ने नेपालीहरुले यो चलचित्रको निकै प्रतिक्षा गरेर बसेका थिए । विकास नेटवर्कमार्फत् विकास सुवेदी र आशिष पुरुषले यूएईमा भित्राएको ‘प्रसाद’ को पहिलो र दोस्रो दिनको सोज हाउसफुल भएको जानकारी प्राप्त छ ।


विकासका अनुसार, ‘प्रसाद’ ले यूएईका ११ ओटा हलमा दैनिक १३ सोज पाइरहेको छ । उनले भने, ‘यो नेपाली फिल्म क्षेत्रका लागि पनि खुसीको कुरा हो । विदेशी चलचित्रबीच पनि नेपाली चलचित्रले विदेशमा १३ सोज पाउनु चानचुने कुरा होइन । यो आफैंमा ऐतिहासिक क्षण हो ।’ चलचित्र दुई हप्तासम्म चल्ने विश्वास उनको छ ।

यो चलचित्र ‘बलिउड सिनेमा हल’ मा समेत प्रदर्शनमा आएको छ । ‘प्रसाद’ ले नेपालमा मात्र नभइ विदेशमा पनि आशलाग्दो व्यापार गरिरहेको छ । चलचित्रको अष्ट्रेलियामा नियमित ३५ सो भइसकेको छ । अन्य देशमा पनि फिल्मको माग चर्को छ । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।


एक निःसन्तान दाम्पत्तिको जीवनमा आउने उचारचढावको कथा पेश गरेको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत प्रमुख भूमिकामा छन् । समीक्षक सुशील पौडेलले चलचित्रको कथा लेखेका हुन् । यस चलचित्रको ‘लै लै’ र ‘बनकी चरी’ गीत निकै लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu