अनुपको ‘पुरानो बुलेट’ ट्रेलर सार्वजनिक (भिडियो)



चैत १ गतेबाट प्रदर्शनमा आउन तयार रहेको चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक भएको छ । बुलेट बाइक चढ्ने एक युवकको जीवनमा आउने उतारचढावमा आधारित चलचित्रको ट्रेलरमा कमेडी, एक्सन, प्रेम, रोमान्स, रोदन सबै समेटिएको छ ।

‘ह्यान्डसम भिलेन’ को उपमा पाएका अनुपविक्रम शाहीले यस चलचित्रमा दुई अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् । ट्रेलरमा अनुपलाई ‘बुलेट राजा’ र वर्षालाई ‘बुलेट रानी’ को रुपमा परिचय गराइएको छ । ट्रेलर हेर्दा निर्देशक भिषण राईले गतिलो प्याकेज लिएर आएको महशुस हुन्छ ।

चलचित्रमा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । आइतबार ट्रेलर रिलिज कार्यक्रममा अभिनेता अनुपले चलचित्रबाट ठूलो आश बोकेको बताए । उनले फरक भूमिका निभाउन पाएकोमा खुसी पनि व्यक्त गरे ।

चलचित्रको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । चलचित्र ‘पुरानो बुलेट’ मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।

‘पुरानो बुलेट’ मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ भने छायांकन हरि घले लामाको छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ । चलचित्रले पुर्बी नेपालको टिपिकल कथा पेश गर्छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu