आर्जन र केकीको ‘रेलिमाई २’ (भिडियो)



आर्जन पाण्डे र इन्दिरा जोशीले स्वर रहेको ‘रेलिमाई’को सफलतापछि अब भने गायक तथा मोडल आर्जनले ‘रेलिमाई २’ लिएर आएका छन् । गीतको भिडियो आइतबार रिलिज गरिएको छ । रेलिमाई सिक्वेललाई आर्जनले ‘झिमिक्कै परेली’ शिर्षक दिएका छन् ।

फिमेल भोकलमा मेलिना राईले साथ दिँदा भिडियोमा भने आर्जनले अभिनेत्री केकी अधिकारीसँग जोडी बाँधेका छन् । रोचक कुरा त के छ भने आर्जन र केकी प्रेमी प्रेमिका रहेको दाबी सहित मिडियामा विभिन्न गसिप तथा समाचारहरु आइरहँदा यो पटक दुबै जना एकसाथ भिडियोमा देखिएका छन् ।

जुनकुराले आर्जन र केकीको सामिप्यतालाई आंकलन गर्नरहरुलाई थप बल पुर्याएको छ । विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा सम्पादन प्रविण श्रेष्ठको छ भने छायाँकन अर्जुन तिवारी एण्ड टिमको छ ।

गीतमा संगीत भने प्रतिक पौडेलले भरेका छन् । रेसुभिल्ला आसपासमा खिचिएको गीतको भिडियोलाई निर्देशक भण्डारीले फिल्मी शैलीमा आकर्षक बनाएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu