‘आप्पा’ को ‘साँझ परेपछि’ गीत सार्वजनिक (भिडियो)



जेठ २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आप्पा’ को ‘साँझ परेपछि’ गीत सार्वजनिक भएको छ । गीतमा मुख्य कलाकार सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चालाई फिचर्ड गरिएको छ । गतको सुरुवातमा अभिनेता दयाहाङ राईलाई पनि देख्न सकिन्छ ।

निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ ।चलचित्रले बाबु छोराको सम्बन्धको कथा भन्छ । चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यू निर्देशकीय चलचित्र हो ।

माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता माबो हाङ हुन् । ‘आप्पा’ मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । यसमा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

‘आप्पा’ मा निर्देशक अनमोल गुरुङको कथा छ भने उनलाई पटकथा तया संवाद लेखनमा उमेश उपमाले सघाएका छन् । शैलेन्द्र डि कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा छ । चलचित्रको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu