कर्माको ‘किचकिचे माया’ आना (भिडियो)



चैत १ गतेबाट देशभरी प्रदर्शनमा आउन लागेको नेपालमा निर्मित पहिलो अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ को ‘किचकिचे माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता कर्मा र अभिनेत्री आना शर्मा फिचर्ड छन् । गीतमा आनाप्रति कर्माको एकोहोरो प्रेम बयान गरिएको छ ।

सुजेन्द्र डि. कार्कीको शब्द तथा संगीत रहेको गीतमा चन्दनध्वज केसीको स्वर छ । गीतलाई राजन इशानले एरेञ्ज गरेका हुन् । भने, भिडियोमा सविन शाक्यको कोरियोग्राफी छ । यस चलचित्रको यसअघि एक रोमान्टिक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । चलचित्रलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।

नेपाल र अमेरिकामा चलचित्र खिचिएको हो । क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिनले चलचित्र निर्माण गरेका हुन् । एक्सन-लभस्टोरी जनरामा निर्माण भएको चलचित्रले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ ।

चलचित्रमा आना र कर्मासँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । नेपाली चलचित्रले अन्तर्राष्ट्रिय मार्केटमा स्थान पाउनुपर्छ भन्ने सोचले यो चलचित्र बनाएकोे निर्माता उद्दिन बताउँछन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu