उपासनालाई अनमोलसँग दोहोर्‍याएर काम गर्ने इच्छा



सुपरस्टार अनमोल केसी अभिनीत हरेक चलचित्रमा नयाँ हिरोइन हुन्छन् । डेब्यू चलचित्र ‘होस्टेल’ देखि फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘क्याप्टेन’ सम्म उनले कुनै नायिकासँग दोहोर्‍याएर काम गरेका छैनन् । यो कथाको माग हो वा अनमोलको, त्यो भगवान जानुन् । तर, अनमोल नायिका छनोटमा आफ्नो हात नहुने बताउँदै आएका छन् ।


चलचित्र ‘क्याप्टेन’ बाट नेपाली फिल्म क्षेत्रले दुई नयाँ नायिका पाउँदैछ, उपासना सिंह ठकुरी र प्रियंका एमभी । दुबै फिल्ममा अनमोलको अपोजिटमा छन् । चलचित्रमा प्रियंकाभन्दा उपासनाको ‘स्क्रिन स्पेस’ बढी रहेको स्रोत बताउँछ । चलचित्रको गीतदेखि ट्रेलरबाट पनि अनुमान गर्न सकिन्छ । प्रियंका ट्रेलरमा मात्र झुलुक्क देखिएकी थिइन् ।


मिडिया प्रचारमा पनि प्रियंकाभन्दा उपासनाकै व्यस्तता बढी छ । एक भेटमा उनले अनमोलसँग काम गरेपछि हिरोइनको भाग्य चम्किन्छ भन्ने सोचाइको खण्डन गरिन् । अनमोलसँग काम गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा रहेको बताउँदै उपासनाले भाग्य चम्किने वा नचम्किने भन्ने कुरा आफ्नो काममा निर्भर रहने बताइन् ।

‘भाग्य चम्किने वा नचम्किने भन्ने कुरा आफूमा भर पर्छ । अनमोल र म एउटा चलचित्रमा मात्र हो सँगै अरु फिल्ममा सँगै नहुन सक्छौं । त्यसैले आफ्नो मेहनतले नै हो भाग्य चम्किने वा नचम्किने भन्ने निर्धारण गर्ने’, उनले भनिन् । दुबैलाई सुहाउँदोे भूमिका भए अनमोलसँग दोहोर्‍याएर काम गर्न आफू इच्छुक रहेको पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu