मेघालाई ‘लभ स्टेशन’ को १ लाख सहयोग



आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर चलचित्र ‘लभ स्टेशन’ ले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई आर्थिक सहयोग गरेको छ । बुधबार उनकै घरमा गएर चलचित्रका कलाकार र निर्माताले सहयोग हस्तान्तरण गरेका हुन् ।

चलचित्रको तर्फबाट उनलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो । अभिनेता प्रदीप र अभिनेत्री जसितासहित चलचित्रका निर्माता गोविन्द शाही र संगीतकार एलिस कार्कीले मेघालाई उनकै घरमा गएर भेटेका हुन् । दुबै हात गुमाएकी उनलाई आर्टीफिसियल हात राख्नका लागि आर्थिक सहयोगको आवश्यकता परेको पीडा सुनेपछि चलचित्रले सहयोग गरेको हो ।

सो भेटले मेघालाई अझ अघि बढ्न प्रेरणा मिल्ने विश्वास प्रदीपले व्यक्त गरे । आफूले सोचेको भन्दा मेघा निकै फरक र शाहसिक पाएको पनि उनले बताए । अभिनेत्री जसिताले पनि मेघाको हात राख्ने चाहना चाँडै पूरा होस् भन्ने कामना गरिन् । आफ्ना प्रिय नायक-नायिकालाई घरमै भेट्न पाउँदा मेघा भने निकै खुसी देखिन्थिन् ।


‘घाम जून चाहिँदैन’ गीतका कारण चर्चामा रहेको चलचित्र ‘लभ स्टेशन’ लाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । आलोक शुक्लाले चलचित्र खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu