अक्षयको ‘केसरी’ ट्रेलर सार्वजनिक (भिडियो)



बलिउड अभिनेता अक्षय कुमार स्टारर चलचित्र ‘केसरी’ को ट्रेलर सार्वजनिक भएको छ । यसमा अक्षय एक योद्धाको भूमिका निभाउँदै देखिएका छन् । उनको अपोजिटमा परिणीति चोपडा छिन् । चलचित्र पिरियड ड्रामा हो । यसलाई अनुराग सिंहले निर्देशन गरेका हुन् ।

ट्रेलरमा अक्षय जबरजस्त एक्सन अवतारमा देखिएका छन् । इन्टरनेट रिलिज भएसँगै सोसल मिडियामा ट्रेलरलाई निकै राम्रो प्रतिक्रिया मिलेको छ । दर्शकलाई चलचित्रको संवाद निकै मन परेको छ । ३ मिनेट लामो ट्रेलरको ब्याकग्राउण्ड म्यूज‍िक कमालको छ ।

चलचित्र २१ मार्चमा रिलिज हुँदैछ । यसको कहानी गिरीश कोहली र अनुराग सिंहले मिलेर लेखेका हुन् । करण जोहरसहित धेरै निर्माताको चलचित्रमा लगानी छ । चलचित्रको कहानी १९८७ मा सारागढीको लडाइँमा आधारित छ । ‘केसरी’ ले बक्सअफिसमा राम्रो कमाई गर्ने फिल्मपण्डितहरुको आँकलन छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu