हलमा एकसाथ ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाईफ्रेण्ड’



यस हप्ताको शुक्रवार तीन नेपाली चलचित्रले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । चलचित्र हुन् ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाईफ्रेण्ड’ फिल्मले एकसाथ प्रदर्शन आरम्भ गरेका हुन् । सिंगल थिएटरमा मात्र यी चलचित्र प्रदर्शनमा आएका हुन् । यी तीन चलचित्रले निर्मातालाई सर्वाधिक शेयर हात पर्ने मल्टिप्लेक्सहरुमा भने सोज पाएका छैनन् ।

काठ क्षेत्रका चर्चित गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण भएको दिनेश सिंह ठकुरी निर्देशित चलचित्र ‘रुमालै छ चिनो’ मा नायक सुशान्त कार्की र नायिका अप्सना थापा लिड रोलमा छन् । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा चलचित्र आधारित छ ।

चलचित्रमा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी छ । बिनोद सापकोटाले छायांकन रहेको यस चलचित्रमा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रेशम थापाको कथा छ ।

नविन निरौला निर्देशित चलचित्र ‘फिङ्गर प्रिन्ट’ लाई अनिल श्रेष्ठ (रोमन) ले यसको निर्माण गरेका हुन् । चलचित्रमा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको हो ।

यस्तै, मदन घिमिरे निर्देशित तथा लायन कृष्ण खनालको निर्माण रहेको चलचित्र ‘ब्वाईफ्रेण्ड’ मा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । युवापुस्तामा मौलाएको ब्वाईफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने विषयलाई चलचित्रमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu