मनिष र निरिशाको ‘जानी नजानी’ ट्रेलर रिलिज (भिडियो)



चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जानी नजानी’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा मेकिङ क्वालिटी पनि उच्च देखिएको छ । अभिनेता मनिष श्रेष्ठ र नव अभिनेत्री निरिशा बस्नेतको प्रेममा आउने उचारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

दर्जनौं चलचित्रमा सह-निर्देशकको रुपमा काम गरेका बसन्त अधिकारीले यस चलचित्रको निर्देशन गरेका हुन् । यो चलचित्रलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउने उनले आफूले सामिप्यराज तिमल्सिनाले तयार पारेको कथालाई दृश्यभाषामार्फत् न्याय गर्ने इमान्दार प्रयास गरेको बताए । उनी ‘जानी नजानी’ प्रेमले भरिएको एक रमाइलो चलचित्र बताउँछन् ।


शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका लिड कलाकारहरु मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता सापकोटालगायत उपस्थित थिए । अर्जुन पोखरेलले तयार पारेको ‘एउटीलाई मुटुमा घर’ बोलको गीतका कारण चर्चामा रहेको यस चलचित्र चैत १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेमकथामा आधारित भनिएको चलचित्रमा छायांकन संजय लामाको रहेको छ । फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका हुन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu