जेठ ३ मा आउने भयो ‘वीरविक्रम २’



अभिनेता पल शाहको जन्मदिनको शुभ अवसरमा चलचित्र ‘वीरविक्रम २’ को प्रदर्र्शन मिति घोषणा गरिएको छ । यो चलचित्र अर्को वर्षको जेठ ३ गतेबाट प्रदर्शनमा आउने निर्देशक तथा निर्माता मिलन चाम्सले जानकारी दिए । यस चलचित्रको ‘मिठो तिर्सना’ गीत यसअघि नै सार्वजनिक भइसकेको छ ।

चलचित्रमा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । नयाँ कथामा निर्माण भएकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । चलचित्रमा पलका अलावा वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारी, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाललगायतको पनि अभिनय रहनेछ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘वीरविक्रम २’ मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ । चलचित्रमा हिमाली क्षेत्रमा पाइने याकको पनि प्रमुख भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu