सलमान र भन्सालीबीच भयो १९ वर्षपछि टिमअप



बलिउड सुपरस्टार सलमान खान एक्सन चलचित्रमा मात्र होइन लभस्टोरी चलचित्रमा पनि उतिक्कै फिट मानिन्छन् । उनले अभिनय गरेका थुप्रै लभस्टोरी चलचित्र बक्स अफिसमा जबरजस्त हिट छन् । साल १९९९ मा आएको सञ्जयलीला भन्सालीको चलचित्र ‘हम दिल दे चुके सनम’ लाई कसले विर्सन सक्छ होला र ! चलचित्रमा सलमान खान र एश्वर्या राय बच्चन एकसाथ देखिएका थिए, चलचित्र सुपरहिट भएको थियो ।

अब १९ वर्षपछि फेरि एकपटक सलमान र भन्सालीले एकसाथ काम गर्ने भएका छन् । ट्रेड एनलिस्ट तरण आदर्शले यो कुराको खुलासा गरेका हुन् । दुईको एक लभस्टोरी चलचित्रमा टिमअप भएको हो । चाँडै चलचित्रको छायांकन सुरु हुने बताइएको छ । सलमान र भन्साली टिमअपका लागि केही समययता लगातार छलफलमा थिए ।


दुबै एकअर्कासँग काम गर्न निकै उत्साहित रहेको भारतीय मिडियाहरुले बताएका छन् । सञ्जय अहिले एक साथ तीन स्क्रिप्टमा काम गरिरहेका छन् । पहिला त उनले अरु नै एक्टर्ससँग काम गर्ने सोच बनाएका थिए, तर अब सलमान खानसँग साथ काम गर्ने फैसला लिएका छन् । १९ वर्षपछि दुईबीच टिमअप हुनुले दर्शक भने सरप्राइज भएका छन् ।

अचेल सलमान आफ्नो नयाँ चलचित्र ‘भारत’ को छायांकनमा व्यस्त छन् । यसमा उनले एक चुनौतीपूर्ण भूमिका गरेका छन् । उनका अलावा फिल्ममा कटरीना कैफ, दिशा पाटनी, तबू, सुनील ग्रोवर र ज्याकी श्राफ पनि छन् । ईदमा चलचित्र रिलिज हुँदैछ । यसका निर्देशक अली अब्बास जफर हुन् । यसपछि सलमानले ‘दबंग ३’ गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu