होम प्रोडक्सनको चलचित्रमा अनमोलको पारिश्रमिक कति ?



‘सुपरस्टार’ अनमोल केसी केही दिनयता चर्चामा छन् । कारण, उनी अभिनीत छैटौं चलचित्र ‘क्याप्टेन’ यही फागुन १७ गतेबााट देशैभर प्रदर्शनमा आउँदैछ । चलचित्रमा अनमोल नेपाली फुटबल टिमका कप्तान ईशान खड्काको भूमिकामा रहेका छन् । कहिल्यै फुटबल नखेलेता पनि उनको मनपर्ने खेल हो फुटबल ।

चलचित्रमा फुटबल खेलाडीको भूमिका न्यायपूर्वक निभाउनका लागि उनले एन्फा मैदानमा पूर्व क्याप्टेन हरि खड्काबाट प्रशिक्षण समेत लिएका थिए । ‘क्याप्टेन’ आफ्नो लागि ‘एक्सपेरिमेन्टल’ चलचित्र रहेको बताउने उनले क्यारेक्टरमा काम गर्न १२ केजी तौल पनि घटाएका थिए ।


बाहिरी ब्यानरका चलचित्रमा ४० देखि ५० लाखसम्म पारिश्रमिक बुझ्ने अनमोलले घरको फिल्म अर्थात् काजल फिल्मस्को ब्यानरमा बन्ने चलचित्रमा चाहिँ कति पारिश्रमिक बुझ्छन् होला ? धेरैका लागि चासोको विषय यो हो । ‘ड्रिम्स’, ‘कृ’ पछि ‘क्याप्टेन’ मा उनका पिता भुवन केसीको लगानी छ । के घरको चलचित्रमा काम गर्दा पनि उनले पारिश्रमिक पाउँछन् ?

स्पष्ट र ‘डिप्लोम्याटिक’ जवाफ दिन सिपालु अनमोलले एक भेटमा ‘घरकी मुर्गी दाल बराबर’ भन्दै जवाफ दिए । त्यसो भए सुक्को पैसा पाउनुहुन्न ? पत्रकारको प्रश्नमा उनले अगाडि भने- ‘चलचित्रले कमाएको पैसा त जसरी पनि घरमै आउने हो । तर, पनि ‘ड्रिम्स’ हिट भएपछि बुबा (भुवन केसी) ले डुकाटी बाइक उपहार दिनुभएको थियो ।’

गाडीभन्दा बाइकका सौखिक अनमोल ‘क्याप्टेन’ हिट भएको खण्डमा पिताबाट फेरि गिफ्टको अपेक्षा रहने बताए । ‘म बुबासँग गिफ्ट चाहिँ माग्दिनँ । उहाँ आफैंले सम्झेर/बुझेर दिनुहुन्छ । उहाँले जे दिनुहुन्छ त्यो मेरो लागि अमूल्य उपहार हो’, उनले भने । ‘क्याप्टेन’ ले कति पैसा कमाउँछ भन्दा पनि आफ्नो चरित्र दर्शकले रुचाउँछन् कि रुचाउँदैनन् भन्नेमा आफू चिन्तित रहेको उनले बताए ।


बाबुको सपना साकार गर्न हिँडेको एक मध्यमवर्गीय परिवारको ईशानले देशका लागि गोल्ड मेडल जित्नका लागि के-कस्ता चुनौतीहरुको सामना गर्नुपर्छ भन्ने कथामा चलचित्र ‘क्याप्टेन’ आधारित छ । यसमा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । यस चलचित्रलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu