प्रियंका र आयुशमान स्वच्छ वातावरण अभियन्तामा नियुक्त



नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो ।

अभियन्ताको रुपमा नियुक्त भएका उनीहरुले देशभर स्वच्छ वातावरण बनाउनका लागि जनचेतनाको कार्यक्रमहरु गनुपर्नेछ । मन्त्रालयले उनीहरुलाई एकवर्षको नियुक्ती दिएको हो ।

केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उदेश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा आफुलाई पाउँदा एकदमै खुशी लागेको बताए । साथै उनीहरुले आफुलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu