ज्योतिष हरिहरको ‘शुभ लभ’ ट्रेलर रिलिज (भिडियो)



चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको चर्चित युवा ज्योतिष हरिहर अधिकारीको डेब्यू चलचित्र ‘शुभ लभ’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार युट्युब रिलिज भएको ट्रेलरमा हरिहर र नव-अभिनेत्री कृष्टिन पौडेलको प्रेममा आउने आरोह-अवरोहलाई समेटिएको छ । हरिहरलाई एक्सन अवतारमा पनि देख्न सकिन्छ ।

यस चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । अभिमन्यु निरवीको पटकथा तथा संवाद छ ।

हरिहर आफैंले लेखेको कथामा आधारित उक्त चलचित्रमा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । निर्माता उदय फिल्ममा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

रियल लाइफझैं हरिहर फिल्ममा पनि ज्योतिषकै भूमिकामा छन् । तर, आफ्नो रियल लाइफमा चलचित्र आधारित नभएको उनी बताउँछन् । यसमा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ । यस चलचित्रको ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीत अहिले चर्चामा छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu