‘मेरो एउटा साथी छ २’ लाई दिनेशले निर्देशन गर्ने



सन् २००९ सेप्टेम्बर ११ मा प्रदर्शनमा आएको अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘मेरो एउटा साथी छ’ को सिक्वेललाई दिनेश राउतले निर्देशन गर्ने भएका छन् । केही दिनयता निर्माण कम्पनी आइकोर फिल्मस्को तर्फबाट प्रज्जवल शम्सेर राणा र निर्देशक राउतबीच लगातार छलफल भइरहेको थियो ।

मंगलवार दिउँसो निर्माता र निर्देशकबीच कागजी सम्झौता भएको हो । यो चलचित्रको पहिलो भागमा उनी असिस्टेन्टको रुपमा थिए । ‘प्रेमगीत’ फेम्ड निर्देशक सुदर्शन थापाले निर्देशन गरेका थिए । उनको यो डेब्यू निर्देशन थियो । अब यो चलचित्रको सिक्वेलमा असिस्टेन्टले निर्देशनमा सुदर्शनलाई रिप्लेस गरेका छन् ।


निर्देशक राउतले लेखेकै कथामा चलचित्र निर्माण हुनेछ । हाल उनी कथा लेखनमा व्यस्त छन् । चलचित्रमा लिड कलाकारको भने टुंगो लागेको छैन । ‘मेरो एउटा साथी छ’ मा प्रमुख भूमिकामा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको जोडी सिक्वेलमा दोहोरिने सम्भावना न्यून रहेको स्रोत बताउँछ ।

पछिल्लो रिलिज चलचित्रल्म ‘प्रसाद’ को सफलताबाट दंग निर्देशक राउत लभस्टोरी फिल्म बनाउन सिपालु मानिन्छन् । उनले आर्यन र नम्रतालाई लिएर ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता सम्झनलायक लभस्टोरी चलचित्र बनाइसकेका छन् । अब ‘मेरो एउटा साथी छ २’ मा फेरि उनीहरुबीच टिमअप हुन्छ वा हुँदैन ? त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu