‘चट्ट रुमाल’ को रिमेकमा सलिनमान बने श्रीकृष्ण



स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहले ठुम्का लगाएको चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ लाई चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा’ मा रि-एरेन्ज गरेर समावेश गरिएको छ । आउँदो मंगलवार गीत सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

शुक्रवार निर्माण टिमले चलचित्रमा समावेश यस गीत छायांकनका केही अचल तश्बिरहरु सार्वजनिक गरेको छ । प्राप्त तश्बिरमा फिल्मका प्रमुख कलाकारहरुलाई टिपिकल पहिरनमा देख्न सकिन्छ । बाबुराम दाहालको शब्द रचनामा तयार ओर्जिनल गीतमा संगीत शम्भुजित बाँस्कोटाको रहेको छ । भने, शम्भुजित र साधना सरगमले स्वर दिएका थिए ।

रिमेक भर्सनमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यसलाई राजन इशानले रि-एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका छन् । गीतको भिडियोमा ‘स्टाइलिस’ अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायतलाई फिचर्ड गरिएको छ ।

चलचित्रमा सुहाउने भएकै कारण ‘चट्ट रुमाल’ गीतलाई राखिएको निर्माताका मध्येका एक केशव भट्टराईले जानकारी दिए । उनी चलचित्र ‘आफ्नो मान्छे’ मा पनि निर्माता थिए । गीतलाई झन्डै ४ दिन लगाएर छायांकन गरिएको थियो । निकै चर्चित गीतलाई फिल्मले नयाँ पुस्तामा लाग्ने विश्वास सलिनको छ । चलचित्रमा उनी भ्लगरको भूमिकामा छन् । सम्राट शाक्य यसका निर्देशक हुन् ।


केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन् । का निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । मा कथापनि सम्राटकै रहेको छ । यसलाई संजय लामाले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu