‘लभ स्टेशन’ पोस्टरमा छल्किएको प्रदीप र जसिताको प्रेम



अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर चलचित्र ‘लभ स्टेशन’ आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति दिनानुदिन नजिकिँदै गर्दा निर्माण टिमले प्रचारलाई चुस्त बनाउन थालेको छ । यस चलचित्रको पहिलो गीत ‘घाम जून’ सार्वजनिक भैसकेको छ ।

यसबीच निर्माण टिमले फिल्मको पोस्टरहरु सार्वजनिक गरेको छ । सार्वजनिक पाँच पोस्टरमा जसिताप्रति प्रदीपको प्रेम भाव देखाइएको छ । दुबैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । पाँचमध्ये दुई पोस्टरमा भने प्रदीप र जसिता सोलो फिचर्ड छन् । एकमा प्रदीपको हातमा गितार देख्न सकिन्छ । भने, दोस्रोमा जसिता लिंगे पिंगमा रमाइरहेकी छन् ।


चलचित्रलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । प्रदीप र जसिताका अलावा चलचित्रमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।

निर्देशक घिमिरेका अनुसार, ‘लभ स्टेशन’ सांगीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्रमा हो । यो चलचित्रलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu