‘साइँली’ ट्रेलर: ‘गरिबीले नामर्द बनाउँदो रैछ’



चैत १५ गतेबाट प्रदर्शनमा लागेको चलचित्र ‘साइँली’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ३ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा एक युवक बैदेशिक रोजगारीमा जान कसरी बाध्य हुन्छ भन्ने कथा प्रस्तुत गरिएको छ । ट्रेलर रमाइलो छ । ऋणले घरायसी जीवन र प्रेममा पार्ने प्रभाव भन्न खोजिएको छ ।

आइतबार राजधानीमा पत्रकारलाई साक्षी राखेर सार्वजनिक गरिएको ट्रेलरमा पात्रहरुबीचको संवादलाई बढी स्थान दिइएको छ । भने, अभिनेता गौरव पहारी र अभिनेत्री मेनुका प्रधानबीचको प्रेम र विवाहपछि उत्पन्न हुने घरायसी समस्यालाई देखाइएको छ । अभिनेता दयाहाङ राई र नव-अभिनेत्री केनिपा सिंहबीचको प्रेम पनि रमाइलो ढंगले पस्किएको छ ।


गायक हेमन्त रानाको चर्चित गीत ‘सुन साइँली’ नामलाई सापटी लिएर यो फिल्म निर्माण भएको यो । यस गीतमा गौरव र मेनुका नै फिचर्ड थिए । गीतले बैदेशिक रोजागारीमा गएका श्रीमान र गाउँमा श्रीमानको प्रतिक्षा गरेर दिन काटिरहेकी श्रीमतीबीचको प्रेम बुनिएको थियो । गीतको मर्म फिल्मको ट्रेलरमा भने देखिन्न ।

निर्देशक तथा ‘साइँली का लेखक समेत रहेका रामबाबु गुरुङले चलचित्रले श्रीमान बैदेशिक रोजगारीमा जानुअघिको कथा भन्ने बताए । ‘गीतले भनिसकेको कथा फेरि चलचित्रमा भन्न आवश्यक लागेन । केही फरक ढंगबाट पस्किएका छौं’, उनले भने । फिल्ममा चर्चित गीत ‘सुन साइँली’ भने समावेश गरिएको उनले बताए । उनले चलचित्र राम्रो बनेको पनि बोले ।

यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस चलचित्रमा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको छ ।

ट्रेलर हेर्नुहोस् :- 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu