‘जानी नजानी’ बाट ढाका संरक्षणको सन्देश : निर्मात्री रोशनी



‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र ‘जानी नजानी’ ले केही दिनयता प्रचार प्रचारमा तिव्रता दिएको छ । चैत १ मा रिलिज हुने चलचित्रको जम्बो टिम मोफसल प्रचार चर्काउने उद्देश्यले नेपाली चलचित्रको ठूलो बजार मानिने चितवन पुगेको छ ।

आइतबार त्यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्मात्री तथा कलाकार रोशनी केसीले ‘जानी नजानी’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताइन् । चलचित्र स्तरिय बनेको बताउँदै उनले भनिन्, ‘चलचित्रमा माया प्रेमको कुरा मात्र छैन, राष्ट्रियताको कथा पनि भनिएको छ ।’ उनले चलचित्रबाट ढाका संरक्षणको सन्देश दिन खोजिएको पनि बताइन् ।


बसन्त अधिकारीको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रको निर्माण लागत २ करोड बताइएको छ । अभिनेता मनिषसुन्दर श्रेष्ठले आफ्नो करिअरका लागि यो चलचित्रले निकै महत्त्व राख्ने बताए । ‘मैले बुझे अनुसार चलचित्र दुई किसिमका हुन्छन्, राम्रो र नराम्रो । ‘जानी नजानी’ एउटा राम्रो चलचित्र हो’, उनले भने ।

मनिष यो चलचित्रलाई रोमकोम जनराको एउटा पूर्ण मनोरञ्जनात्मक चलचित्र भन्न रुचाउँछन् । चलचित्रमा रोमान्स र कमेडी दुबैको समिश्रण रहेको उनको भनाइ छ । निर्मात्री केसीको कुरालाई उनले पनि सापटी लिँदै भने- ‘चलचित्रमा लभ र रोमान्स मात्र छैन, राष्ट्रियता र सामाजिक कथा पनि छ ।’ उनी चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त सुनिए ।

पुराना अभिनेता विश्व बस्नेतकी छोरी निरिशा बस्नेतले यो चलचित्रबाट डेब्यू गरेकी छिन् । उनले गीत र ट्रेलरजस्तै चलचित्रलाई पनि दर्शकहरुले मनपराउनेमा विश्वस्त रहेको बताइन् । चलचित्रको कथावस्तु राम्रो रहेको र त्यसअनुरुप प्रस्तुती पनि अब्बल रहेको उनको दाबी छ । दर्शकले आफूलाई अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा पनि उनी विश्वस्त छिन् ।


सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जनलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रमा छायांकन संजय लामाको रहेको छ । मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका हुन् । सामिप्यराज तिमल्सिनाले चलचित्रको कथा तयार पारेका हुन् । यसमा अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu