आयो प्रदीप र जसिताको ‘लभ स्टेशन’ ट्रेलर (भिडियो)



अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रमुख भूमिका रहेको चलचित्र ‘लभ स्टेशन’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स, विछोड, द्वन्द्व, कमेडी सबै मिश्रित छ । विशेषतः प्रदीप र जसिताको प्रेममा आउने उचारचढावमा ट्रेलर केन्द्रित छ ।

चैत २२ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप गायकको भूमिकामा छन् । जसिताले दार्जिलिङकी एक युवतीको भूमिका निभाएकी छन् । यसअघि यी दुईले चलचित्र ‘लिलिबिली’ मा स्क्रिन साझेदारी गरेका थिए । दुईको जोडीलाई दर्शकले सर्वाधिक रुचाएका थिए । चलचित्रका निर्माता गोविन्द शाही हुन् ।


प्रदीप र जसिताका अलावा चलचित्रमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । निर्देशक घिमिरेले चलचित्रले सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्ममा हो । यसलाई आलोक शुक्लाले खिचेका हुन् ।

यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अभिनेता प्रदीपले यस चलचित्रबाट ठूलो आशा बोकेको बताए । अभिनेत्री जसिताले ‘लभ स्टेशन’ मा काम गर्दा रमाइलो अनुभव भएको सुनाइन् । निर्माता शाहीले भने चलचित्रलाई उतकृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताउँछन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu